तनहुँ, असार २३ । आइतबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेको पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो जाँदा ३ जना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपककुमार रायले जानकारी दिए । उक्त पहिरोमा परी ५ जना घाइते भएका थिए, भने शनिबार बेलुका ४० वर्षीय हिरा नेपालीको शव फेला परेको थियो ।










