राप्ती नदीमा आएको बाढीमा फसेका एकजना बेपत्ता, दुई जनाको सकुशल उद्धार


बुटवल, असार २२ । दाङको राप्ती नदीमा फसेका एकजना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।

लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीमा आएको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नं.४१ रिजर्भ गिरोहबाट खटिएको सुरक्षाकर्मीले राजपुर २ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

दूध बेच्न लमही गएका तीनमध्ये राजपुर गाउँपालिका–२ का १८ वर्षीय राजकुमार यादव फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको