अर्को सातादेखि काठमाडौं प्रहरी भद्रकालीस्थित नयाँ भवनमा सर्ने


काठमाडौं, असार २० । जिल्ला प्रहरी परिसर काठमाडौंले आगामी सातादेखि भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

एक अर्बभन्दा बढीको लगानीमा तयार भएको भवनबाट असार २६ गतेदेखि सेवा सुरु गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

भद्रकालीमा नवनिर्मित भवनको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले उद्घाटन गर्ने तयारी गरेका छन् ।

२०७२ को भूकम्पपछि हनुमानढोकाबाट विस्थापित भएका प्रहरी टेकुमामा पालमा सेवा दिइरहेको थियो ।

यस भवनमा सामाजिक अपराध गर्ने, लागुऔषध दुव्र्यसन र कारोबार गर्ने र जघन्य अपराध गर्नेहरूका लागि छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीस्थित खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि अत्याधुनिक भवन निर्माण गरियो । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको