पोखरामा एनएमबि बैंकको एटिएम फोडेर रकम चोरी गर्न खोज्ने एक जना पक्राउ


काठमाडौं, असार १९ । पोखरा महानगरपालिका–५ जीरो किलोमा रहेको एनएमबि बैंकको एटिएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय रुपेश नेपाली रहेका छन् । उनले मंगलबार दिउँसो २ः३० बजे जीरो किलोमा रहेको एनएमबि बैंकको एटीएम मेसिन फुटाएर पैसा चोर्ने प्रयास गरेका थिए ।

तर पैसा चोर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कास्की जिल्ला अदालतले चोरी उद्योगमा पक्राउ परेका नेपालीविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको