काठमाडौं, असार १९ । काठमाडौंको सोह्रखुट्टेमा मुख्य सडक भासिएको छ । सोह्रखुटे चोकदेखि बालाजुतर्फ करिब १०० मिटर सडक भासिएर पानी निस्किरहेको छ ।
बिहान साढे ६ बजेतिर आउँदा मोटरसाइकलमा सवार दुईजना यात्रु सडक भासिँदा खसेका थिए । यात्रु र चालकलाई तत्काल बाहिर निकालिएपनि केही घण्टापछि मोटरसाइकल बाहिर निकालिएको थियो ।

हाल उक्त स्थानमा सडक विभागले तारबार लगाएर साइडबाट सवारी आवागमन सुचारु गरेको छ । भासिएको क्षेत्रबाट पानी र बालुवा बाहिर निस्किरहेको छ । रातोपाटी











