उत्तर प्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० तीर्थयात्रीको मृत्यु


असार १९ । हिजो भारतको उत्तर प्रदेशमा एक धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० तीर्थयात्रीको मृत्यु भएको थियो ।

मंगलबार उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रमको क्रममा उक्त घटना भएको हो ।

घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । धेरै महिला र बालबालिका अझै बेपत्ता छन् ।

घटनामा घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक कथावाचकको प्रवचन सुन्न हजारौं मानिस भेला भएका थिए। भागदौडको कारण भने अझै खुल्न सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको