काठमाडौं, असार १४ । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खसेर चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका ४०/५० वर्षका पूर्ण दर्नाल रहेका छन् ।
गाडी कहिले कल्भर्टमा खसेको खुलेको छैन । अहिले कारलाई कलभर्टबाट निकालिएको छ ।










