सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प


असार १४ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका हुँदै गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४ दशमलव २ रेक्टर स्केलको थियो । २०७२ को गोरखा भूकम्पका कारण अकल्पनीय जनधनको क्षति बेहोरेका सिन्धुपाल्चोकका बासिन्दा हिजो राति परेको वर्षाले जमिन हल्लिएपछि त्रसित भएका थिए ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

२०७२ देखि वर्षायाममा सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति हुँदै आएको छ । भूकम्पका कारण जमिन खुकुलो हुनु पनि यसको एउटा कारण रहेको भूगर्भविद्को विश्वास छ ।

२०७८ असार १ गते सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोले डुबानमा परेको थियो ।

हेलम्बुमा १२७ परिवार र मेलम्चीमा १५ परिवारलाई सुरक्षित स्थानमा पुर्नस्थापित गर्नुपर्ने भएको छ । तर भूवैज्ञानिक अध्ययनको अभावका कारण उनीहरुलाई स्थानान्तरण भएको छैन ।

त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमा नै छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको