असार ११ । कञ्चनपुरमा टेबुल फ्यान शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका–७ गौजीका ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरमा आगो बाल्ने क्रममा टेबुल फ्यान चलाएर बसेको अवस्थामा शरिरमा खसेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










