आफ्नै तीन छोरी र श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाए


काठमाडौं, जेठ २३ । काठमाडौंको चाबहिलमा आफ्नै परिवारका सदस्यमाथि मट्टितेल छर्केर आगो लगाउँदा पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ९ बजे चाबहिलस्थित आफ्नै घरमा ५२ वर्षीय चञ्चल सिंहले मट्टितेल खन्याएर तीन छोरी र श्रीमतीमाथि आगो लगाएका थिए । घाइतेहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई छोरीको अवस्था गम्भीर छ ।

जलेर घाइते भएका जेठी छोरी सुप्रिया र माइलीकी छोरी समृद्धीको आईसीयूमा उपचार भइरहेको छ भने आठ वर्षीया कान्छी छोरी सुहानी र श्रीमती बिनुको सामान्य वार्डमा उपचार भइरहेको छ । घटनामा सिंह आफै पनि घाइते हुदा उनको पनि सामान्य वार्डमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको