काठमाडौं, जेठ १९ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज ५ देखि ९ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
काठमाडौंको बलम्बुको सहायक वितरण केन्द्रको मातातीर्थ फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको पाटन पुचलोक फिडरअन्तर्गतका वितरण गरिएका स्थानमा आज विद्युत् कटौती गरिने विद्युत प्राधिकरणले जनाएको छ ।
मर्मतसम्भार र कन्डक्टर अपग्रेडका कारण ती फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।
फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरनचौर, महेश फाट, कुखुरेचौर र झाँघाझेन्टीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरुद्ध भएको छ ।
ललितपुरको पाटनपुलचोक फिडरअन्तर्गत भानीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, मन्त्री क्वाटर, झम्सीखेल, अरुण थापाचोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
तोकिएको समयभन्दा अगावै काम सकिए विद्युत सेवा चाँडै सुरु हुने प्राधिकरणले जनाएको छ ।










