कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई नेपाली कांग्रेसको आग्रह


काठमाडौँ, चैत २१ गते ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सुरुमै उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेण्डा तय गर्दा प्रमुख प्रतिपक्षी दल र कार्यव्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताए ।

‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्द पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनबारे आरोप लगाएर प्रश्न उठाउँदै आएको छ । उपप्रधानमन्त्री लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ दिन चाहेको बताउँदै आएका छन् ।

तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधिसभाको रोष्ट्रममा सुन्न चाहेन । सहकारीको कोष हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको