काठमाडौं, फागुन ११ गते ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालिका घटनाबारे सरकारसँग जवाफ माग्दै संसद अवरुद्ध गरेका छन् ।
सभामुख देवराज घिमिरेले उठाएका विषयहरूमा ध्यानाकर्षण गराउनुभयो र शान्तिपूर्ण रूपमा अघि बढ्न बारम्बार आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक स्थगन गरिएको थियो ।











