काठमाडौं फागुन ५ गते ।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा नेदरल्याण्ड्सले ३८.६ ओभरमा दसौँ विकेट गुमाएर १३७ रनको सामान्य लक्ष्यलाई नेपालले १४.५ ओभरमै १ विकेट गुमाएर १३७ रन बनाएर जित हासिल गरेको छ ।
नेपालका लागि अनिलकुमार साहले ५७ रन, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान दिए ।











