महोत्तरी, माघ १० गते ।
बर्दिवास नगर पत्रकार सञ्जाल महोत्तरीले नेपाल पत्रकार संघ महोत्तरी शाखाका सचिव राजकरण महतोमाथि राजधानी काठमाडौंमा भएको दुर्व्यवहारको निन्दा गरेको छ ।
सञ्जालका संस्थापक सचिवसमेत रहेका महतोलाई आइतबार काठमाडौंको तिनकुनेमा सार्वजनिक यातायातका बस कण्डक्टरले भेषभुषा र बोलचालका आधारमा हेप्दै दुव्र्यवहार गरेको सञ्जालका अध्यक्ष गोपाल बरालले विज्ञप्ति प्रसारित गर्दै निन्दा गरेका हुन् ।
अध्यक्ष बरालले प्रसारण विज्ञप्तिमा ‘सञ्जल परिवारले पत्रकार महतोमाथि भएको विभेदपूणर् दुव्र्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको’ उल्लेख गरेका छन् । बरालले तीनकुनेस्थित अन्नपूर्ण राष्ट्रिय दैनिकको केन्द्रीय कार्यालयमा कार्यरत महतोसँगको
दुर्व्यवहारको घटनाका दोषीलाई आवश्यक कारबाही लागि आवश्यक समन्वय गरीदिन पत्रकार महासङ्घ केन्द्रीय समिति, उपत्यका प्रदेश समिति र काठमाण्डौं शाखासँग अनुरोध गरेका छन् ।
पत्रकार महतोले आफूमाथि दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै काठमाण्डौंमै प्रहरी र मधेसी आयोगमा उजुरी दिएको बुझिएको छ ।
श्रोत Nepalvani









