एमालेले सरकारसमक्ष बुझाए ७५१ बुँदे माग


काठमाडौं, माघ ९ गते ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमालेले मंसिर १४ गतेदेखि मंसिर १ गतेसम्म आयोजना गरेको संकल्प यात्रामा स्थानीयबाट आएका सुझावलाई सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७ सय ५१ वटा माग र सुझाव बुझाएको जानकारी दिए । उनले यी सुझावहरू जनताको रायका रूपमा प्रधानमन्त्री समक्ष पेश गरेको र कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले ती सुझाव दराजमा राख्न नपाउने र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने पनि ज्ञवालीले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखिएको विकास सम्भावना लगायतका विषयमा उल्लेख गरिएको छ । एमालेले यी विषय कार्यान्वयनको जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको