काठमाडौं, माघ ७ गते ।
नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमालले आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आफ्नो लय, क्षमता र जिम्मेवार ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक बनाएका थिए ।
जितका लागि दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ५ विकेट गुमाएर १२३ रन बनायो ।
अर्जुन कुमालले ७४ बलमा ६ चौका प्रहार गर्दै ५३ रन बनाएका छन् भने दीपक बोहरा १३ रनमा नटआउट छन् ।
अर्जुन बाहेक शीर्ष पाँच ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालले इनिङको तेस्रो बलमा ओपनर दीपक बोहरालाई विकेट गुमाएको थियो । नम्बर ३ ब्याट्सम्यान आकाश त्रिपाठी २ रन बनाएर क्याच आउट भए ।
तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए ।
देव खनाललाई मिडअनमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको हातमा मेसन क्लार्कले क्याच आउट गरेका थिए ।
देवले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए । १७ औं ओभरको अन्तिम बलमा शून्यमा थापा मगरले क्याच आउट गरि विकेट लिए ।
२१औं ओभरको दोस्रो बलमा स्पिनर ज्याक कमिङले ठूलो सट खेल्ने धुनमा गुलशनलाई २ रनमा डिप मिडविकेटमा ल्यूक वाट्सनको हातमा क्याच आउट गरियो।
श्रोत onlinekhabar











