काठमाडौं, माघ ६ गते ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उनले छलफलको विषयबारे जानकारी नगरे पनि समितिको काम कारबाही र गतिविधिबारे जानकारी लिन चाहेको अनुमान गरिएको छ । घिमिरे सभामुख निर्वाचित भएको १ वर्ष पूरा भएको छ ।
श्रोत रातोपाटी











