काठमाडौं, पुस २९ गते ।
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ साझा उम्मेदवारको नाम घोषणा गर्दै मतदान गर्न आह्वान गरेको हो ।
नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न हामीले यो राजनीतिक गठबन्धन बनाएका हौँ । हाम्रो साझा लक्ष्य देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हो ।
राजनीतिक स्थायित्व देशको विकासका लागि पूर्व शर्त हो । लोकतान्त्रिक गणतन्त्र प्रणालीको सुदृढीकरण, राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिका लागि हामी प्रतिबद्ध छौँ र सधैं इमान्दारीपूर्वक क्रियाशील रहने वाचा गर्दछौँ । चुनावमा गठबन्धनले पेश गरेको उम्मेदवार हामी सबैको साझा उम्मेदवार हो ।
राष्ट्रियसभा निर्वाचनका बेला हाम्रो गठबन्धनलाई कमजोर बनाउने विभिन्न गतिविधि हुन सक्छन् । यो निर्वाचन गठबन्धनलाई थप व्यवस्थित र बलियो बनाउँदै मुलुकमा राजनीतिक स्थिरता सुनिश्चित गर्ने अवसर पनि हो । त्यसैले गठबन्धनको पक्षमा दृढ भएर उभिनु आवश्यक छ । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका निम्न साझा उम्मेदवारहरूलाई भोट गरी बहुमतले विजयी गराउन सम्पूर्ण मतदातामा हार्दिक अपिल गर्दछौं।
नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक स्वतन्त्रता पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, लोस्पा अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिल जारी गर्दै गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
राष्ट्रियसभा सदस्य चयनका लागि माघ ११ गते निर्वाचन हुँदैछ, यी हुन् गठबन्धनका १९ उम्मेदवार एउटै निर्वाचनमा
१) कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस
२) चम्फादेवी कार्की, माओवादी केन्द्र
३) आनन्दप्रसाद ढुंगाना, नेपाली कांग्रेस
४) पूजा चौधरी, जसपा
५) विष्णुदेवी पुडासैनी, नेपाली कांग्रेस
६) जीतजंग बस्नेत, नेपाली कांग्रेस
७) कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्र
८) घनश्याम रिजाल, एकीकृत समाजवादी
९) मनरुपा शर्मा, माओवादी केन्द्र
१०) किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस
११) पदम बहादुर पेरियार, नेपाली कांग्रेस
१२) विष्णुकुमारी सापकोटा, नेपाली कांग्रेस
१३) झक्कुप्रसाद सुवेदी, माओवादी केन्द्र
१४) कृष्णबहादुर रोकाया, नेपाली कांग्रेस
१५) सावित्री मल्ल, एकीकृत समाजवादी
१६) विष्णुबहादुर विश्वकर्मा, माओवादी केन्द्र
१७) रेणु चन्द, माओवादी केन्द्र
१८) बलदेव बोहरा, नेपाली कांग्रेस
१९) नारायणदत्त भट्ट, नेपाली कांग्रेस
श्रोत newsofnepal.com











