जनकपुरधाम, पुस २७ गते ।
मधेस सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गते स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो।
२०७८ माघ ३ गते प्रदेश सभाको बैठकले तत्कालीन ‘प्रदेश नं २ को नाम’ मधेस प्रदेशको नामकरण र स्थायी राजधानी जनकपुरधामलाई पारित गरेको थियो । मधेस सरकारका प्रवक्ता समेत रहेका गृह सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले सो दिनलाई आत्मसम्मान दिवसका रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयेको छ ।
त्यसैगरी मन्त्री समिमले मधेस सरकारले माघ ५ लाई बलिदान दिवस मनाउने र सो अवसरमा मधेस आन्दोलनका घाइतेका परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताउनुभयो । उहाँको अनुसार बलिदान दिवसमा मधेस सरकारले वीरगन्जमा कार्यक्रम गर्ने भएको छ ।
श्रोत onlinekhabar









