विराटनगर , पुस २४ गते ।
कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन दलहरुको बैठक सुरु भएको छ । प्रमुख दलका संसदीय दलको बैठक कोशी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै बसेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भर्खरै सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बैठक पनि जारी छ । कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल हुने सांसद अमृत अर्यालले जानकारी दिनुभयो ।
राप्रपाले दलीय सहमतिका आधारमा सभामुख बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए ।
बैठकमा राप्रपा प्रदेश कमिटी सभापति राम थापासहित पदाधिकारीहरुको सहभागिता रहेको थियो । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुखको जिम्मेवारी दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।
श्रोत १२ खरी









