महोत्तरी, पुस २४ गते ।
महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा रामगोपालपुर नगरपालिकाको थलही भिर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गाहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका छन् । दुवै मोटरसाइकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिन्नुभयो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
जलेश्वरबाट बर्दिबास जाँदै गरेको जे११पी ८०९९ र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको मोटरसाइकल नं पी२–०२–००४पी १८४० को औरही नगरपालिका–१ को वडा कार्यालय नजिकै रोकिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार भङ्गाहा–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिवास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा गुडिरहेका दुईवटा मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एकअर्कालाई नदेखेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
श्रोत उज्यालो









