जनकपुरधाम, पुस २२ गते ।
सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति भएको छ । अस्पतालको स्तरोन्नतिका लागि आन्दोलनरत पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवामा भएको छलफलबाट छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनेलगायत ११ बुँदे सहमति भएको जानकारी दिए । सहमतिसँगै आन्दोलनरत दलले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
गत शुक्रबार मारिएका स्थानीय युवा व्यापारी जयशंकर साहको शव पनि तीन दिनपछि प्रहरीले बरामद गर्न लागेको हो । बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली हानी शाहको मृत्यु भएको थियो ।
: सम्झौताका बुँदाहरू हेर्नुहोस्
१. आन्दोलनका क्रममा असामयिक निधन भएका युवा व्यापारी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त ।
२. घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयोग गर्ने ।
३. बरहथवा नगरपालिकाले मृतकका परिवारमध्ये एक जनालाई रोजगारी उपलब्ध गराउने ।
४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भएपछि नगर अस्पताललाई कानुनबमोजिम प्रक्रिया पूरा गरी मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिने र बरहथवा नगरप्रमुख र मन्त्रीमधेस सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंगो लगाइनेछ ।
५. मृतकको शालिक अस्पताल परिसर वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने ।
६. पाँच दलीय गठबन्धनले आगामी दिनमा सबै आन्दोलनका कार्यक्रम स्थगित गरी नगरपालिकालाई शान्तिपूर्ण रुपमा सहयोग र समर्थन गर्ने छ ।
७. मृतकको नामबाट क्षेत्रीय अस्पताल बरथवाको नामकरण गर्ने ।
८. दोषी प्रहरी कर्मचारीहरूको छानबिन गर्नुहोस् र कारबाही प्रक्रिया अगाडि बढाउनुहोस् ।
९. मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने ।
१०. आन्दोलनबाट भएको क्षतिको क्षतिपूर्तिका लागि सम्बन्धित निकायबाट जिल्ला प्रशासनबाट सिफारिस गर्ने ।
११. मृत शरीरको तत्काल पोस्टमार्टम र व्यवस्थापन गर्ने ।
श्रोत onlinekhabar









