काठमाडौँ, पुस २२ गते ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । सत्ता गठबन्धनका दलहरूको बैठकपछि माओवादी पदाधिकारीको छुट्टै बैठक बसेको छ ।
राष्ट्रियसभाको निर्वाचनबारे निर्णय गर्न बैठक बसेको हो । बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवारबारे छलफल हुनेछ । बिहान बसेको गठबन्धन बैठकमा राष्ट्रियसभाको सिटका लागि मोटो सहमति भएको थियो । जसअनुसार माओवादीले ६ सिट प्राप्त गरेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । उम्मेदवारी दर्ताको कार्यतालिका सोमबार हुने भएको छ ।
श्रोत onlinekhabar











