राष्ट्रियसभामा श्रमिक प्रतिनिधित्वको माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र


काठमाडौँ, पुस १५  गते ।

नेपाली काँग्रेसको शुभेच्छुक नेपाल ट्रेड युनियन काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा कार्यकर्ताको प्रतिनिधित्व गर्न माग गरेको छ । संघका महासचिव अजयकुमार राईले नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम संघका पदाधिकारीले पार्टी अध्यक्षलाई बुझाएको जानकारी दिनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा, योग्य, स्वच्छ छवि, र ट्रेड युनियनहरू नआएकालगायत पेशागत संस्था र बुद्धिजीवीबाट उम्मेदवार छनोट गर्न अध्यक्ष देउवाको ध्यानाकर्षण गराएको छ । भेटमा अध्यक्ष देउवाले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई पार्टीले छनोट गर्ने बताउनुभएको थियो ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको