नवलपुर, पुस ९ गते ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा भएको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ध्यानाकर्षण गराउन दबाब अभियान सुरु गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापुर)को गैँडाकोटस्थित भृकुटीचोकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज पदयात्राको र्याली निकालिएको छ ।
दबाब यात्रा सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले तोकिएको समयमा सडक विस्तार हुन नसक्दा स्थानीयवासीले समस्या भोग्नुपरेको भन्दै जतिसक्दो चाँडो सडक निर्माण गर्न दबाब दिन यात्रा सुरु गरिएको बताउनुभयो । ‘विकास आयोजना नबन्दा यो सडक नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैले सास्ती भोग्नुपरेको छ’, उहाँले भन्नुभयो । उहाँले बन्द कोठामा बसेर नीति बनाएर मैदानमा आएर स्थानीयले भोग्नुपरेको समस्या एक क्षणको लागि पनि अनुभव गरे पनि उनीहरुको पीडा बुझिने बताउनुभयो ।
‘सामान्य जनता सधैं हिड्ने, दौडने, धुलोले भरिएको सडकमा सवारीसाधन चलाउने, धुलो, हिचकिचाहट गर्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामीले नीति निर्माता भएकाले चारैतिरबाट दबाब दिनुपर्छ, त्यसैले यात्रामा निस्किएका छौं । दुई पटक म्याद थपिए पनि समयमै सडक विस्तारको काम सम्पन्न हुन नसकेको देखिएकाले जनताको हितमा ल्याएर यसको महत्वलाई सबैको ध्यानाकर्षण गराउन आवश्यक रहेको उनले बताउनुभयो । उहाँले विकास आयोजना समयमै सम्पन्न गर्न दबाब सिर्जना गर्ने विभिन्न कार्यक्रममध्ये दबाब यात्रालाई लिएको बताउनुभयो ।
उहाँले तीन दिनमा पैदल हिँडेर बुटवल पुग्ने तयारी गरेको बताउँदै यात्राका क्रममा कुनै पनि स्वागत नगर्न अनुरोध गर्नुभयो । ‘जब म यात्रामा जान्छु, स्थानीयको कुरा सुन्न सक्दिनँ, छलफल गर्न सक्दिनँ’, उहाँले भन्नुभयो, ‘तर मसँग एउटा टोली छ, उहाँहरुले स्थानीय जनताको गुनासो सुन्छन् र छलफल गर्नुहुन्छ । सबै कुरा पछि भन्नुहुनछ। जनताको पीडा जान्न र जतिसक्दो चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्र यात्रामा निस्किएको उहाँले बताउनुभयो ।
श्रोत रासस











