राष्ट्र बैंकले ३५ अर्ब बैंकिङ प्रणालीबाट तरलता तान्दै


काठमाडौँ, पुस ९ गते ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता ल्याउने भएको छ । राष्ट्र बैंकका अनुसार बुधबार ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनका लागि बैंकिङ प्रणालीबाट ३५ अर्बको तरलता निकासी हुने भएको छ । १० अर्ब निक्षेप संकलन उपकरण पुस ८ गते परिपक्व भएको थियो ।

त्यसबाहेक राष्ट्र बैंकले निक्षेप संकलनका ३ वटा उपकरणमार्फत ६० अर्बको तरलता निकासी गरेको छ । थप ३५ अर्ब बुधबार निक्षेप संकलन यन्त्र सार्वजनिक गर्न लागिएको हो ।

पुस ६ गते २५ अर्बको निक्षेप संकलन उपकरणबारे छलफल हुँदा ४५ अर्बको प्रस्ताव आएको थियो । राष्ट्र बैंकले निक्षेप संकलन यन्त्रको ब्याजदर अधिकतम २।९४ प्रतिशत र न्यूनतम २।२५ प्रतिशतमा उपलब्ध गराउँदा औसत दर २।७६३५ प्रतिशत रहेको बताएको छ ।

बैंकिङ प्रणालीमा तरलता बढी भए पनि राष्ट्र बैंकले निक्षेप संकलन औजारको कुरा गर्दै आएको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता निस्किएको जानकारी दिएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको