काठमाडौँ, मङ्सिर ६ गते।
नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ।
शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री दाहाललाई सम्मानपत्र प्रदान गर्नुभयो। उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्री दाहाललाई समितिले दही सगुन र बेत्ता ९फेता० समेत प्रदान गरेको थियो।
सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट उक्त ऐतिहसिक निर्णय गराउनुभएकामा प्रधानमन्त्री दाहाललगायत मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ।



















