युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरीः पूर्वप्रधानमन्त्री खनाल


लुम्बिनी, २१ असोज गते।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताउनुभएको छ। उहाँले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिनुभयोे।

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताउनुभयो।

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याउनुभयो। “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ”, नेता खनालले भन्नुभयो “यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको