टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना


काठमाडौं, असोज १ गते।

काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगर(१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ । पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा.अवधेशकुमार झाले जानकारी दिए । पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए ।

दूधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम भएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको