काठमाडौं, भदौ ३१ गते ।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपचार पाउन वञ्चित बिरामीमध्ये एक हुन ९० वर्षका मानवीर विक । स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुंगाका उनलाई छोरा दुतमानले गंगालालमा ल्याएर जँचाएका थिए । गंगालालमा ३९४ महिना उपचार गरेपछि उनलाई फोक्सोमा पानी पनि जमेको भन्दै वीर अस्पताल रिफर गरिएको थियो । जसअनुसार उनलाई आज बिहानै छोराले पिठ्यूमा बोकेर वीर अस्पताल पुर्याएका थिए ।
तर वीर अस्पतालमा डाक्टहरुको हड्तालका कारण उपचार पाउन नसकेपछि बाबु छोरा नै निरास भए । बुबालाई जँचाउनु पर्यो भनेर काममै नगई बिहान बिहानै नाला ९भक्तपुर०देखि आयौँ,’ दुतमानले भने, ‘यहाँ आउँदा पो थाहा भयो, आज त डाक्टरहरुले बिरामी नै नजाँच्ने भनेर । कामको सिलसिलामा दुतमान भक्तपुरको नालामा बस्दै आएका छन् ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै संघको आह्वानमा डाक्टरहरु बिरामी जाँच्न छाडेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल पुगेका मानवीरजस्ता बिरामी उपचार सेवा पाउनबाट वञ्चित भएका छन् ।



















