विशाल बस्नेत
बर्दिवास, भदौ २७ गते ।
परापूर्वकालमा गुरुकुल शिक्षाका साथसाथै मन्दिर, विहार, गुठी तथा गुम्बाहरूमा शिक्षा दिने प्रचलन रहेको र सोही स्थानहरूमा ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामग्रीहरूको संग्रह गर्ने गरेको इतिहासलाइ नै पुस्ताकालयको इतिहास मानिन्छ ।
मल्लकालीन समयमा राजधानी भक्तपुरमा ‘सकोठा’ नामक पुस्तकालयको अस्तित्वमा रहेको थियो ।
तत्कालिन समयमा अस्तित्वमा रहेतापनि त्यसपछि औपचारिकरुपमा नै खुलेका पुस्ताकालयहरु निक्कै संकटको अवस्थामा छन । यस्तै अवस्था देखिएको छ महोत्तरीमा पनि ।
२०६० सालतिर महोत्तरीको बर्दिवासमा खुलेको एउटा पुस्ताकालय २० वर्ष वितिसक्दा पनि मृत्यु सैयामा नै छटपटाईरहेको छ ।
बृहत उदेश्यसहित स्थापना भएको बर्दिवास सामुदायिक पुस्ताकालयको उचित व्यवस्थापन र सम्बर्द्धन हुन् नसक्दा उदेश्यविहिन बनेको हो ।
पुस्ताकालयको आफ्नै भवन छ भने झन्डै ४ हजार पुस्तक दराजमा थन्किएका छन । भौतिक र आर्थिकरुपमा समेत सम्पन्न पुस्ताकालय किन नामको मात्र पुस्ताकालय वनिरहेको छ भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।
पुस्ताकालयमा एकजना पनि गएर पुस्तक अध्यण गर्ने वातावरण सिर्जना भएको छैन तर एक जना कर्मचारी भने नियमित पुस्ताकालयमा काम गरेको देखिन्छन ।
सामुदायिक अपनत्व रहेको यो पुस्ताकालय कस्को कारणले गैरजिम्मेवार वनेको छ ? भन्ने प्रश्न समेत वाक्लै उठन थालेका छन ।
प्रश्नको जवाफ न संचालन समितिसँग छ न त कुनै नियामक निकायसँग नै । नगरपालिका समेत सामुदायिक पुस्ताकालय जस्तो संस्थामा बेखवर हुनुले स्थानीयहरुले नगरमाथि नै प्रश्न उठाउन थालेका छन ।
पुस्ताकालयको आफ्नै संचालन समिति समेत छ तर बिधानअनुसार ३ बर्षमा हुने साधारणसभा समेत हुन नसक्नु र पुरानो समितिले नै हस्तक्षेप गरिरहनुमा थप आसंकाहरु उत्पन्न भएका छन ।
आधुनिक डिजिटाईलाजेसन पुस्ताकलय वनाउने, नगरको कला, संस्कृति झल्कने संग्राहालय वनाउने, युवा तथा वालवालिकाको खेलकुद सम्बन्धि समूह गठन गरी खेलकुदको बिकाश गर्ने, श्रब्य, दृश्यको माध्यमवाट महिला अधिकार, सामाजिक समावेशीकरण क्षेत्रमा जनचेतना जगाउने जस्ता पुस्तकालयका बृहत उदेश्यहरु यतिवेला एकादेशको कथा वनेका छन ।
हामी नया ढंगवाट जादै छौ : अध्यक्ष सम्भु प्रसाद भट्टराई
अध्यक्ष सम्भु प्रसाद भट्टराईले भने पुस्ताकालयलाइ समयसापेक्ष विकास गर्न गृहकार्य भईरहेको वताएका छन ।
सामुदायिक अपनत्वलाई कायम राखिराख्न समयअनुसार परिमार्जन गरेर पुस्ताकालयलाई नया उचाईमा पुर्याउने अध्यक्ष भट्टराईको भनाई छ ।
कोभिड सुरु हुनुभन्दा पहिला पुस्ताकालय आफ्नै गतिमा दौडिएतापनि त्यसपछि भने धरासयी भएको बताउदै अध्यक्ष उन्ले भने – ‘ पुस्ताकालयको महत्व र समुदायमा पढने लगावको विकास गरी सु-संस्कृत समाजको निर्माण गर्ने हाम्रो लक्ष्य हो ।’
पुस्ताकालयको साधारणसभा समयमा नै गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले स्वीकार गरे ।
कतिपय कमजोरी भएतापनि अव त्यस्तो नहुनेमा उन्ले सवैलाई बिस्वास दिलाएका छन ।
पुस्ताकालयमा काम नभएतापनि एक जना कर्मचारी भने राखिएको छ । कार्यालय समयमा आएर खोल्ने र बन्द गर्ने कामका लागी मात्र ति कर्मचारीले मासिक १२ हजार बुझ्दै आएका छन ।



















