मधेश प्रदेश : करेन्ट लागेर एक मजदुरको मृत्यु


सर्लाही, भदौ १२ गते ।

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरी छन् ।
सर्लाहीको

हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई साथीहरुले तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए।

अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको