बर्दिवास ।
स्वतन्त्र प्यानलको यति वेला देश व्यापी रुपमा चर्चा चलेका छन ।
स्थानिय तह निर्वाचनमा जितेर सफलता पाएको स्वतन्त्र समुहको परिनाम देखेर आउने चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएको छन ।

महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएका स्वतन्त्र समुहका नेता तथा कार्यकता समेत चुनावि मैदानमा होमिन थालेका देखिन्छ ।
मंगलवार स्वतन्त्र समुहका कार्यालय उद्दघाटन समारोहमा बर्दिवास नगरपालिकाका नगर मेयर प्रलाद कुमार क्षेत्रीले नगरक्षेत्रको बिकासका लागि आफुलाई नगरवासीले जिताएकाले नगरको बिकास र समृद्धिका लागि आफु सधै दत्तचित्त भई लागिरहेको बताएका छन।
महोत्तरी क्षेत्र नम्बर १ को बर्दिवासमा क्षेत्रीय कार्यालय उद्धघाटन समारोह कार्यक्रमलाई मेयर क्षेत्रीले सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले देश ब्यापिरुपमै स्वतन्त्रको लहर चलिरहेकै समयमा देश निर्माणको कार्यभार राजनितिक दलका जनप्रतिनिधिले गर्न नसको दल भित्रका नेता कार्यकर्तामा भ्राष्टाचार, नाताबाद ,कृपाबाद जातीबाद ,अवसरवाद लगायका ब्यक्तिगत स्वार्थपुर्ण अवस्थालाई नियाल्दै त्यसलाई चिर्न आफ्नो प्यानलले महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएको प्रस्ट पारे ।

उनले नगरका पिछडिएका नागरीकको जिबन स्तर माथि उठन नसकेकाले त्यसलाई उठाउन काम गरीरहेको र केहि समय भित्रै कामको परीणाम देखिने बिश्वास ब्यक्त गरे ।
महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामाद प्रतिनिधि सभा तर्फ बर्दिवास यतायातका पूर्व कार्यलय प्रमुुख पोषन थापा र प्रदेश सभा तर्फ क्षेत्र नम्वर १ को ( क )मा यूवराज पोखरेल र (ख) तर्पm विनोद महतो उमेदवारी दिएका हुन ।












