एकै महिनामा चार भन्दा बढी मोटरसाइकल चोरी भए पछि स्थानियहरु त्रसित भएका छन ।
महोत्तरीको बर्दिवासमा बुधबार राती कतिब ९ : ३० बजेको समयमा बर्दिबास नगरपालिका १ सिन्धुलि रोड बाट सर्लाही अतरौली बस्ने छेवाङ्ग दोर्जे मोक्तानको ज ११ प ५९५६ नम्बर NS मोटरसाइकल चोरी भएको घटना घटे लगतै झन बर्दिबासका स्थानियहरु प्रहरी प्रशासन माथी औंला ठ्याएको छ ।
सोही दिन मात्र दुईवटा मोटरसाइकल चोरी भएको स्थानियहरुले जनाएका छ्न ।
उनिहरुका अनुसार साउनको २९ गते मात्र बर्दिबास नगरपालिका अगाडि पार्किङ्ग गरेको मोटरसाइकल चोरी भएको थियो । बर्दिबास नगरपलिका १ बस्ने सुरेश तामाङको ज १२ प २५७८ नम्बर को ल्क् मोटरसाइकल चोरि भएको थियो ।
यता मोटरसाइकल चोरी गर्ने गिरोहनै दैनिक बर्दिबास चौकमा चोरी गरेतापनी तिनीहरुलाई नसमतनु प्रहरी प्रशासन माथी प्रश्न उठन थालेका छन ।
बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ ।
प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको ईलाका प्रहरी कार्यलयका प्रहरी नियब उपरीक्षक रबि राबलले जानकारी गराउनु भयो ।











