महोत्तरीमा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


महोत्तरी । देशभर मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा भइरहेको अवस्थामा आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानपछि महोत्तरी प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदी तथा खोलाको तटीय क्षेत्रमा माइकिङमार्फत सूचना प्रवाह गर्न थालेको हो।

प्रशासनले नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत प्रशासनले अनुरोध गरेको छ।

लगातारको वर्षाका कारण नदीमा बाढी आउन तथा होचा भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह र सुरक्षा निकायलाई समेत आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।

प्रशासनले सम्भावित विपद्बाट जोगिन स्थानीय बासिन्दालाई मौसम तथा प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको