विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम


काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा पूर्णविराम लागेको छ । जारी विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेसँगै मेसीको लगातार ९ खेलको गोलको कीर्तिमान टुङ्गिएको हो ।

स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे पनि मेसीले भने व्यक्तिगत गोल थप्न सकेनन् । खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलमा भने मेसीले नै पास ९असिस्ट० मिलाएका थिए ।मेसीले सन् २०२२ को कतार विश्वकपदेखि २०२६ को जारी विश्वकपसम्म लगातार ९ खेलमा गोल गर्दै विश्व फुटबलमा विरलै बन्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । कतार विश्वकपको नकआउट चरणदेखि सुरु भएको उनको यो लय जारी विश्वकपको प्रि(क्वार्टरफाइनलसम्म कायम थियो ।

मेसीको लगातार ९ खेलको कीर्तिमानी यात्रास्

२०२२को कतार विश्वकपमा मेसीले प्रि–क्वार्टरफाइनल अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स, सेमिफाइनलमा क्रोएसियाविरुद्ध र फाइनलमा फ्रान्सविरुद्ध गोल गरेका थिए ।

जारी विश्वकपमा भने समूह चरणामा अल्जेरिया, अस्ट्रिया, जोर्डनविरुद्ध गोल गरेका मेसीले राउन्ड अफ ३२मा केप भेर्डे प्रि–क्वार्टरफाइनलमा इजिप्टविरुद्ध गोल गरेका थिए । आइतबार भएको स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेपछि उनको यो यात्रामा पूर्णविराम लागेको हो ।

आजको खेलमा गोल नगरे पनि मेसीको यो अविश्वसनीय लयलाई फुटबल पण्डितले विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये मानेका छन् । अर्जेन्टिना अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङ्गल्यान्डसँग भिड्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको