बाढीले मेलम्चीको पानी धमिलो, काठमाडौंमा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको धमिलोपन अत्यधिक बढेपछि प्रशोधन प्रक्रिया प्रभावित भएकाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानीको प्रवाह अस्थायी रूपमा रोकिएको हो।

उनका अनुसार मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति सुरु गरिनेछ।

केयुकेएलले निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको