अन्तरविद्यालय लागूऔषध जनचेतनामूलक नाटक प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम


१४ असार, बर्दिबास  — अन्तर्राष्ट्रिय लागूऔषध तथा अवैध तस्करी विरुद्ध दिवस–२०८३ को अवसरमा सबैका लागि हामी संस्था द्वारा आयोजित अन्तरविद्यालय लागूऔषध जनचेतनामूलक नाटक प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबास नगरपालिकाभित्रका १४ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले लागूऔषध दुव्र्यसनविरुद्ध प्रभावकारी जनचेतनामूलक सन्देश प्रस्तुत गर्दै आफ्नो सिर्जनशील प्रतिभा प्रदर्शन गरेका थिए।

प्रतियोगितामा बर्दिबास नगरपालिका–६ स्थित सैनिक आवासीय महाविद्यालय प्रथम स्थान हासिल गर्दै रु। २२ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ। उक्त पुरस्कारमध्ये रु। १२ हजार सबैका लागि हामी संस्थाले, रु। ५ हजार बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले तथा रु। ५ हजार जन सेवा अस्पताल, बर्दिबास–३ ले प्रदान गरेका हुन्। साथै, जन सेवा अस्पतालले विजेता टोलीका सम्पूर्ण सहभागीलाई एक वर्षसम्म अस्पतालबाट प्रदान गरिने सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। होटल गुञ्जाले पनि विजेता टोलीलाई रात्रिभोजको उपहार प्रदान गरेको छ।

यसैगरी, बर्दिबास नगरपालिका–१२ स्थित श्री नेपाल राष्ट्रिय नारायणी माध्यमिक विद्यालय द्वितीय स्थान हासिल गर्दै रु। १२ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ। यसमध्ये रु। ७ हजार सबैका लागि हामी संस्थाले तथा रु। ५ हजार नगरप्रमुख क्षेत्रीले प्रदान गरेका हुन्। साथै, पनास कटेज, कालापानी, बर्दिबास–३ ले विजेता टोलीलाई रात्रिभोजको व्यवस्था गरेको छ।

त्यसैगरी, बर्दिबास नगरपालिका–१ स्थित आधुनिक गुरुकुल बोर्डिङ विद्यालय तृतीय स्थान हासिल गर्दै रु। ९ हजार नगद पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कारमध्ये रु। ४ हजार सबैका लागि हामी संस्थाले तथा रु। ५ हजार नगरप्रमुख क्षेत्रीले उपलब्ध गराएका हुन्। होटल रोयल सेन, बर्दिबास–१ ले विजेता टोलीलाई रात्रिभोजको उपहार प्रदान गरेको छ।

आयोजक सबैका लागि हामी संस्था ले प्रतियोगितामा सहभागी १४ वटै विद्यालय, विद्यार्थी, शिक्षक, निर्णायक मण्डल, सहयोगी संस्था, प्रायोजक तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाले यस्ता प्रतियोगिताले विद्यार्थीमा सिर्जनशील क्षमता अभिवृद्धि गर्नुका साथै लागूऔषध दुव्र्यसनविरुद्ध समाजमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको