रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व आवश्यक स् सांसद रञ्जु न्यौपाने


५ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन्।

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कु राकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरण तथा संस्थागत विकासका लागि पहिलो महाधिवेशनमा लामिछानेको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

उनले चितवनमा आयोजना हुन लागेको महाधिवेशनलाई देश तथा विदेशबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै महाधिवेशन राजनीतिक दलको नीति, कार्यक्रम र भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण माध्यम भएको बताइन्।

“महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्वपूर्ण माध्यम हो। संगठनलाई अझ बलियो र व्यवस्थित बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत तथा राजनीतिक बुझाइ छ,” न्यौपानेले भनिन्।

आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै उनले वैधानिक प्रक्रिअनुसार सुरुमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीको जिम्मेवारीका लागि अघि बढ्ने बताइन्।

“पदाधिकारी बन्नका लागि पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ। त्यसैले म सुरुमा केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिनेछु,” उनले भनिन्।

पार्टीभित्र देखिएका असन्तुष्टि, सामाजिक सञ्जालमा भइरहेका विभिन्न टिप्पणी तथा नेतृत्व सम्बन्धी बहसप्रति प्रतिक्रिया दिँदै उनले रास्वपाप्रतिको जनआकर्षण र चासो बढेका कारण यस्ता छलफल स्वाभाविक भएको बताइन्।

उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ गर्दै संगठन विस्तार र जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको