पर्यटन प्रवर्द्धनका लागि मधेश प्रदेशका पर्यटन व्यवसायीको बन्दीपुर-गोरखा भ्रमण


बर्दिबास। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघले मधेश प्रदेशको पर्यटन प्रवर्द्धन तथा अन्तरप्रदेशीय सहकार्य विस्तार गर्ने उद्देश्यले विशेष भ्रमण अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत पहिलो चरणमा टोलीले बन्दीपुर र गोरखा दरबार को अवलोकन गरेको हो।

महासंघको आयोजनामा सुरु भएको भ्रमणमा पर्यटन व्यवसायी, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी रहेका छन्। टोलीले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटन व्यवस्थापनका अभ्यासबारे जानकारी लिएको जनाएको छ।

पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दीपुरमा होमस्टे सञ्चालन, स्थानीय संस्कृति संरक्षण तथा निजी क्षेत्रको भूमिकाबारे सहभागीहरूले विशेष चासो व्यक्त गरेका थिए। मधेश प्रदेशमा पनि यस्ता पर्यटन अवधारणा विकास गर्न सकिने विषयमा छलफल भएको बताइएको छ।

टोलीले ऐतिहासिक गोरखा दरबारको समेत अवलोकन गर्दै धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवर्द्धनका सम्भावनाबारे अन्तरक्रिया गरेको आयोजकले जनाएको छ।

महासंघका अध्यक्ष हिरा गौतमले मधेश प्रदेशमा पर्यटनको प्रशस्त सम्भावना भए पनि प्रचार, पूर्वाधार र अन्तरप्रदेशीय सहकार्य अभाव रहेको बताउनुभयो।

उहाँले यस्ता अध्ययन तथा अवलोकन भ्रमणले अनुभव आदानप्रदानसँगै पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको