जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै कार्यकर्ताको प्रदर्शन


जनकपुरधाम। महोत्तरीको सदरमुकाम जलेश्वरमा अमरेश कुमार सिंह विरुद्ध उनकै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

सोमबार सिंह जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिरहेको बेला कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।

स्थानीय नेता-कार्यकर्तासँग समन्वय नगरी सरकारी निकायका प्रमुखहरूसँग छलफल गरेको आरोप लगाउँदै उनीहरू आक्रोशित बनेका थिए। प्रदर्शनकारीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाएका थिए।

बैठक कक्षमै प्रवेश गर्न खोजेका कार्यकर्तालाई भने प्रहरीले रोकेको जनाएको छ।

प्रदर्शनमा प्रकाश पाठक लगायत रास्वपाका स्थानीय कार्यकर्ताहरू सहभागी थिए।

सिंह सर्लाही-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने जलेश्वर महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्छ, जहाँबाट उज्वल झा निर्वाचित भएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको