भन्सार छलीका सामानसहित तीन जना र मोटरसाइकल नियन्त्रणमा


महोत्तरी। महोत्तरीको जलेश्वर क्षेत्रमा भन्सार छली गरी भारतबाट सामान ल्याउँदै गरेका तीन जनालाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चैत १९ गते साँझ करिब ७ बजे जलेश्वर नगरपालिका-६ मा नम्बर प्लेट नभएको स्प्लेन्डर मोटरसाइकलमा भारतको बिहार राज्य सितामढी जिल्ला सुरसण्ड क्षेत्रका २० वर्षीय सुरज पासवानलाई नियन्त्रणमा लिइएको थियो।

त्यसैगरी सोही दिन जलेश्वर-३ मा BR 30 C 2126 नम्बरको प्लाटिना मोटरसाइकलमा सर्फ, धारा तेल लगायतका सामान बोकेर आउँदै गरेका करिब २३ वर्षीय पंकज साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैक्रममा चैत २० गते बिहान ८ बजे जलेश्वर-७ मा ज १२ प ४२९८ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा किराना सामान ल्याउँदै गरेका महोत्तरी गाउँपालिका-३ का २९ वर्षीय सुनिल साहलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीका विभिन्न खाद्यान्न तथा किराना सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको जनाएको छ। बरामद सामान तथा सवारी साधनको अनुमानित मूल्य २ लाख ८ हजार ४२० रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरू र बरामद सामान आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको