अवैध उत्खननमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा


महोत्तरी। महोत्तरीमा अवैध बालुवा तथा माटो उत्खननमा संलग्न एक जेसीबी र तीन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८२ चैत २० गते बिहान करिब १०:१५ बजे महोत्तरी गाउँपालिका-५ हरिगोरगामास्थित मडै सडक खण्ड नजिक रातु खोलाको डिलबाट अवैध उत्खनन भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा ज १ क ६७० नम्बरको जेसीबी एक थान, नम्बर नखुलेको एक ट्याक्टर तथा अवैध रूपमा बालुवा/माटो बोकी लगिरहेको अवस्थामा थप दुई ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको