मोटरसाइकल मर्मतको बिल विवादमा कुटपिट, ६ जनाविरुद्ध ज्यान मार्ने अभियोग


सिरहा। मोटरसाइकल मर्मतको बिल भुक्तानी विषयमा भएको विवादपछि कुटपिटमा संलग्न ६ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार सिरहा नगरपालिका-१२ का २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफालीविरुद्ध मुद्दा दायर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पाल का अनुसार आरोपितमध्ये आरिफ मियाँ प्रहरी नियन्त्रणमा रहेका छन् भने अन्य फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको छ। सबै आरोपित एकै वडाका स्थानीय बासिन्दा रहेको जनाइएको छ।

सिरहा नगरपालिका-१२ सारर्श्वरमा चैत ६ गते स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानी विषयमा विवाद भएको थियो। उक्त विवाद कुटाकुटमा परिणत हुँदा दुवै पक्षका ६ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको उपचार जारी रहेको छ भने अन्यले प्रादेशिक अस्पताल सिरहा बाट उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको