१०८ वर्षकी जानकीदेवीलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा सम्मान


महोत्तरी। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १०८ वर्षको उमेरमा मताधिकार प्रयोग गरेकी जानकीदेवी महरालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्मान गरेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका-५ चौरियाकी १०८ वर्षीया जानकीदेवीले लोकतन्त्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दै मतदानमा सहभागी भएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले उनलाई सम्मान गरेको हो।

सम्मानस्वरूप जिल्ला प्रशासन कार्यालयले जानकीदेवीलाई दोसल्ला ओढाएर खाद्यान्न सामग्री प्रदान गरेको जनाएको छ।

उच्च उमेरमा समेत मतदानमा सहभागी भई लोकतान्त्रिक प्रक्रियाप्रति जिम्मेवारी देखाएको भन्दै स्थानीय तह तथा प्रशासनले उनको उदाहरणीय कार्यको प्रशंसा गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको