दलित परिवारमाथि कुटपिट, ८ जनाविरुद्ध मुद्दा दर्ता


रौतहट। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक आक्रमणको घटनामा प्रहरीले आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

फागुन १९ गते भएको घटनामा पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मीनियाले बुधबार आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार सामूहिक आक्रमणमा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन्। फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ। घटनाको सुरुवाती चरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै स्थानीयबासीले विरोध जनाएका थिए। उनीहरूले सुरेन्द्र यादव, प्रहरी निरीक्षक (इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया) को भूमिकामाथि प्रश्न उठाउँदै जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोप लगाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको