वीरेन्द्रनगरमा किशोरी मृत अवस्थामा भेटिइन्, बलात्कारपछि हत्या भएको आशंका


सुर्खेत। सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी मृत अवस्थामा फेला परेपछि घटनाले गम्भीर रूप लिएको छ। गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ बस्दै आएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जना नाबालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको छ र पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट विशेषज्ञ टोली समेत बोलाइएको छ।

इनिसा कक्षा ११ मा अध्ययनरत थिइन् र भविष्यमा डाक्टर बन्ने सपना बोकेकी विद्यार्थी थिइन्। घटनापछि परिवार शोकमा डुबेको छ भने अधिकारकर्मी तथा स्थानीय संघसंस्थाले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको