महोत्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर-२ मा औरही नगरपालिका-७ निवासी जितेन्द्र ठाकुरले मतदान गर्नुभएको छ।
उहाँले औरही नगरपालिका-७ स्थित राम बिलाश चन्देश्वर यादव जनता मावि भोईल टिम्किया मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
ठाकुर हाल किरियापुत्री अवस्थामा रहँदै पनि मतदान प्रक्रियामा सहभागी हुनुभएको बताइएको छ। उहाँका बुवा रामललित ठाकुरको नौ दिनअघि निधन भएको थियो।
पारिवारिक शोकका बाबजुद नागरिक अधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको भन्दै स्थानीयवासीले उहाँको प्रतिबद्धताको प्रशंसा गरेका छन्।









