सर्लाही। सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका-३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएपछि तनाव सिर्जना भएको छ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच हुलदङ्गा भएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो। सोही कारण मतदान प्रक्रिया अस्थायी रूपमा अवरुद्ध भएको जनाइएको छ।
सुरक्षा निकायको हस्तक्षेपपछि अवस्था नियन्त्रणमा आएको र अहिले मतदान पुनः सुचारु गरिएको सम्बन्धित स्रोतले जनाएको छ।









